दफा ४९
सम्झौताको कागजात पेस गर्नु पर्ने
ऐनको दफा ३३ को उपदफा (१) र (२) बमोजिम खानेपानी सेवा तथा सरसफाइ सेवा वा ढल निकास सेवाको महसुल निर्धारणका लागि निवेदन दिँदा सेवाप्रदायक वा: अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रका शर्त तथा खानेपानी सेवा तथा सरसफाइ सेवाको अनुमतिपत्र अर्को पक्षसँग खरिद गरेको भए खरिद बिक्री गर्दा भएको सम्झौताका कांगजातसमेत पेस गर्नु पर्नेछ।